मुख्य समाचार
कागजमा ‘कृषिमैत्री’ योजना, व्यवहारमा किसानलाई सास्ती: छेर्लुङ्गको कृषि सडक अलपत्र | ‘माटो र बाली व्यवस्थापन : एक झलक’ | रवि लामिछाने तीन दिने तीर्थाटनका लागि भारत जाँदै | लुम्बिनीका पहाडी जिल्लामा सराय नाचको रौनक, संस्कृति संरक्षणमा चुनौती | आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत | दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज | बडादशैँ र यसको महत्त्व |

समाचार लुम्बिनी प्रदेश ११ भाद्र २०८३, बिहीबार

ट्र्याक्टरसहित विभिन्न जातका काठका ३० गोलिया नियन्त्रणमा

Rastriyanews

भैरहवा । रुपन्देहीमा प्रहरीले ट्र्याक्टरसहित विभिन्न जातका ३० गोलिया काठ नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहीमाई गाउँपालिका–१ सिपवा क्षेत्रमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ लुम्बिनीबाट सूर्यपुरातर्फ जाँदै गरेको लु २ त १२३५ नम्बरको ट्र्याक्टरमा लोड गरिएको काठ नियन्त्रणमा लिइएको हो।

प्रहरीले बबुल, अमरो, सिधौरे, लसुरा र इपिल–इपिल जातका ३० गोलिया काठ बरामद गरेको जनाएको छ। बरामद काठको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ र ट्र्याक्टरको मूल्य ५ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद काठ तथा ट्र्याक्टर गरी करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको सामग्री आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय, रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार