रूपन्देही, असोज १४ गते । लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा भएका ७८ वटा विपत्का घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विपत्का कारण प्रदेशभर १ हजार २८० जना विस्थापित भएका छन् ।>
प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपत्का घटनाबाट २७ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त, ५६ वटा घरमा आंशिक क्षति र १६ वटा घर डुबानमा परेका छन् । थप १७० वटा घर जोखिममा रहेका छन् । विपत्का कारण प्रदेशभर अनुमानित ४० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको केन्द्रले जनाएको छ ।>
केन्द्रका अनुसार चार दिनमा पहिरोका ३१ वटा घटना भएका छन् । पहिरोमा परी पाँच जनाको मृत्यु र एक जना घाइते भएका छन् भने ४८० जना विस्थापित भएका छन् । पहिरोले १० वटा घर पूर्ण र आठ वटा घरमा आंशिक क्षति पुर्याएको छ । एक सय वटा घर जोखिममा परेका छन् ।>
त्यस्तै, डुबानका २६ वटा घटना भएका छन् । डुबानका कारण ७७८ जनालाई सुरक्षित स्थानमा सारिएको छ । नौ वटा घर पूर्ण र १३ वटा घरमा आंशिक क्षति पुगेको छ भने १६ वटा घर डुबानमा परेका छन् । ७० वटा घर जोखिममा रहेको केन्द्रको विवरणमा उल्लेख छ ।>
यस अवधिमा हावाहुरीका १३ वटा र बाढीका आठ वटा घटना भएका छन् । हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ भने ३५ वटा घरमा आंशिक र एउटा घरमा पूर्ण क्षति पुगेको छ । बाढीका कारण २२ जना विस्थापित भएका छन् भने सात वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।>
पाल्पामा मानवीय क्षति सबैभन्दा बढी
जिल्लागत विवरणअनुसार अर्घाखाँचीमा सबैभन्दा बढी १५ वटा विपत्का घटना भएका छन् । बाँकेमा १३, गुल्मीमा १० लगायत अन्य जिल्लामा पनि विभिन्न प्रकृतिका विपत्का घटना भएका छन् ।>
>
मानवीय क्षतिको हिसाबले पाल्पा सबैभन्दा प्रभावित जिल्ला बनेको छ । पाल्पामा पहिरोका कारण पाँच जनाको मृत्यु भएको र एक जना घाइते भएको केन्द्रले जनाएको छ । त्यस्तै, रोल्पामा हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन