मुख्य समाचार
जेन्जी अभियन्ता उमेश भण्डारीले भुइँतहबाटै सुरु गरे राजनीतिक यात्रा | देउखुरीमा सर्पले डस्दा ७५ वर्षीय वृद्धको मृत्यु | सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो | मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने | द्वन्द्वात्मक युगको यात्रामा बर्तमानमा विश्व र नेपाल: विकास कि विनाश? | तानसेनका ३ हजार ३२४ उपभोक्ताले पाउने भए विद्युत् महसुलमा छुट | पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन |

समाचार राष्ट्रिय समाचार सुन-चाँदी १५ कार्तिक २०८३, आइतबार

सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो

Rastriyanews

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । एकैदिन सुनको भाउ प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले घटेपछि त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघले जनाएको छ । गत वर्ष माघ १५ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १७५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तीन हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तीन हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया