पहिरोमा पुरिएर कृष्णकुमारी सारूको मृत्यु

Rastriyanews
शुक्रबार दिउँसो पहिरोमा परी बेपत्ता हुनुभएकी सारू शनिबार बेलुकी पहिरोले पुरिएको घरभित्र मृत अवस्थामा फेला

पाल्पा। पाल्पाको रिब्दीकोट गाउँपालिका–६, धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारू पहिरोले पुरिएको अवस्थामा मृत फेला पर्नुभएको छ। शुक्रबार दिउँसो पहिरोमा परी बेपत्ता हुनुभएकी सारू शनिबार बेलुकी पहिरोले पुरिएको घरभित्र मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पहिरोले पुरिएको क्षतविक्षत घरभित्र खोजी गर्ने क्रममा सारूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृतसहितको संयुक्त सुरक्षा तथा उद्धार टोली घटनास्थलमा खटिएको थियो। टोलीले खोजी गर्ने क्रममा सारूलाई मृत अवस्थामा फेला पारेको हो।

मृतक सारूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा लगिएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनुभयो।

प्रतिक्रिया