मुख्य समाचार
माटोको कण सुहाउँदो बाली व्यवस्थापन | नवलपुरमा सडक दुर्घटना : २४ वर्षीय प्रहरी जवानको मृत्यु | तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै | कुकुर तिहारमा सशस्त्र प्रहरीका तालिमप्राप्त कुकुरको क्षमता प्रदर्शन | पूर्वखोलाका ६ वटै वडामा तिहारको रौनक, हराउँदै मौलिक देउसी–भैलोको परम्परा | जलन न्यूनीकरणका लागि बुटवल–११ मा समुदायस्तरीय छलफल | बजारमा सुनचाँदीको मूल्य यथावत् | बाठो र मानवमैत्री चरा काग : तिहारमा पूजा गर्नुको यस्तो छ धार्मिक र वैज्ञानिक महत्त्व | सामाजिक – सांस्कृतिक सद्भाव र उज्यालोको पर्व : तिहार | तोलाको २ लाख ८३ हजारमा झर्‍यो सुनको मूल्य |

पूर्वखोलाका ६ वटै वडामा तिहारको रौनक, हराउँदै मौलिक देउसी–भैलोको परम्परा

Rastriyanews
मादल र खैँजडीको तालमा देउसी भट्ट्याउने चलन घट्दै, साउन्ड सिस्टममा गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दो

माधव पाण्डे, पाल्पा। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको पर्व भाइटीका नजिकिँदै गर्दा पाल्पाको पूर्वखोला गाउँपालिकाका ६ वटै वडामा तिहारको रौनक छाएको छ।

पूर्वखोला गाउँपालिका वडा नं. १ देखि ६ सम्मका गाउँबस्तीमा तिहारसँगै देउसी–भैलो खेल्ने, घरघरमा पुगेर शुभकामना तथा आशीर्वाद साटासाट गर्ने र रमाइलो गर्ने परम्परा रहँदै आएको छ। तर पछिल्ला वर्षहरूमा नेपाली मौलिक देउसी–भैलोको स्वरूप भने विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ।

पहिले तिहार सुरु भएसँगै गाउँका बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म समूह बनाएर मादल, खैँजडी र झ्याली बजाउँदै घरघरमा देउसी–भैलो भट्ट्याउन पुग्ने गर्थे। देउसीका भाका, भैलोका गीत, मादलको ताल र सामूहिक जमघटले गाउँघर नै गुञ्जायमान हुने गर्दथ्यो।

तर अहिले परम्परागत रूपमा देउसी–भैलो भट्ट्याउने, मादल बजाउने र मौलिक भाका गाउने चलन घट्दै गएको छ। यसको सट्टा साउन्ड सिस्टममा रेकर्ड गरिएका गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। युट्युब तथा अन्य सामाजिक सञ्जालमा देउसी–भैलोका गीत प्रशस्तै भेटिए पनि प्रत्यक्ष रूपमा भट्ट्याउँदै मादल बजाउने पुरानो संस्कृति भने ओझेलमा पर्दै गएको छ।

विशेषगरी गाउँघरमा हुने सामूहिक जमघट, अग्रजबाट आशीर्वाद लिने, घरधनीले दक्षिणा दिने र देउसी समूहलाई स्वागत गर्ने परम्पराले समाजमा आपसी सद्भाव, एकता र आत्मीयता बढाउने गर्दथ्यो।

आधुनिक प्रविधि र मनोरञ्जनलाई आत्मसात् गर्नु सकारात्मक भए पनि त्यसकै प्रभावमा आफ्नो मौलिक कला, संस्कृति र पहिचान बिर्सनु भने चिन्ताको विषय बनेको छ।

पूर्वखोलाका ६ वटै वडाका स्थानीयवासी, युवा पुस्ता, आमा समूह, क्लब तथा सांस्कृतिक समूहले पुरानो देउसी–भैलोको मौलिकतालाई निरन्तरता दिन सके तिहारको वास्तविक महत्त्व अझ जीवन्त रहनेछ।

तिहारमा साउन्ड सिस्टममा नाचेर मात्र हाम्रो संस्कृति जोगिन्छ कि मादल बजाउँदै देउसी भट्ट्याउने परम्परालाई पनि निरन्तरता दिनुपर्छ? यो प्रश्न अहिलेको पुस्ताले गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ।

हाम्रो संस्कृति, हाम्रो पहिचान। मौलिक देउसी–भैलो जोगाऔँ, नेपाली कला र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याऔँ।

प्रतिक्रिया

सम्बन्धित समाचार