मुख्य समाचार
कागजमा ‘कृषिमैत्री’ योजना, व्यवहारमा किसानलाई सास्ती: छेर्लुङ्गको कृषि सडक अलपत्र | ‘माटो र बाली व्यवस्थापन : एक झलक’ | रवि लामिछाने तीन दिने तीर्थाटनका लागि भारत जाँदै | लुम्बिनीका पहाडी जिल्लामा सराय नाचको रौनक, संस्कृति संरक्षणमा चुनौती | आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत | दशैं मनाउन गाउँ फर्किने बढेपछि सुनसान बन्यो बुटवल बजार | बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माण गर्न थप चार अर्ब बजेट आवश्यक | कपिलवस्तुमा एकै बिहान साढे चार लाख मूल्यका अवैध सामान बरामद | बूढीगण्डकीमा बेलीब्रिज जडान, धादिङ–गोरखा आवतजावत सहज | बडादशैँ र यसको महत्त्व |

राष्ट्रिय समाचार २२ भाद्र २०८३, सोमबार

विपत्तिमा परेका नागरिकको आवाज सुन्नु राज्यको कर्तव्य : राष्ट्रपति पौडेल

Rastriyanews
राष्ट्रपति पौडेलले विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य भएको बताएका छन्।

सोमबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपत्तिबाट प्रभावित नागरिकका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानका लागि महत्वपूर्ण संकेतका रूपमा लिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे।

‘विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो,’ उनले भने, ‘त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।’

राष्ट्रपति पौडेलले विपत्तिमा ज्यान गुमाएकाप्रति मर्यादा, सम्मान र करुणाका साथ व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

मृतकको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने भन्दै उनले आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेख सुरक्षित राखी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराए।

‘मृतकहरूको पहिचान अत्यन्त सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गरिनुपर्दछ,’ राष्ट्रपति पौडेलले भने, ‘आवश्यकतानुसार डीएनए नमुना तथा अन्य सम्बन्धित अभिलेखहरू सुरक्षित रूपमा संरक्षण गरी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिने नै छ भन्ने मलाई विश्वास छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार