मुख्य समाचार
बर्दियामा ब्राउनसुगरसहित दुई जना पक्राउ | बोलेरो–ट्याक्टर दुर्घटनामा ३० वर्षीय चौधरीको मृत्यु, १३ जना घाइते | बजारमा सुनचाँदीको मूल्य वृद्धि, सुन २ लाख ४२ हजार ८०० पुग्यो | विद्युत् पोलमा बल्ब लगाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु | सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो | प्रधान सेनापति सिग्देलद्वारा रथीमा बढुवा भएका अनुपजङ्ग थापालाई दर्ज्यानी चिह्न प्रदान | तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ सम्पन्न, २०० बढी साइकल यात्री सहभागी | श्रीमान्लाई दाउरा प्रहार गरी हत्या गरेको आरोपमा श्रीमती पक्राउ | पाल्पामा कात्तिक महिनामा १५ अपराधसम्बन्धी मुद्दा दर्ता, ६ वटाको फछ्र्योट | बर्दियामा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु |

राष्ट्रिय समाचार २ भाद्र २०८३, बुधवार

रानीमहल डुबानमा परेपछि संसदमा डा. माधव थापाको 'हार-गुहार': आश्वासन होइन, तटबन्ध चाहियो!

Rastriyanews

काठमाडौँ । पाल्पाको ऐतिहासिक एवं पर्यटकीय धरोहर रानीमहल क्षेत्र कालीगण्डकी नदीको बाढी र कटानका कारण बर्सेनि डुबानको उच्च जोखिममा परेपछि संसदमा पाल्पाका सांसद डा. माधव थापाले सरकारसँग जोडदार 'हार-गुहार' गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले अब कागजी आश्वासनको महल बनाएर बस्ने समय घर्किसकेको भन्दै सरकारको कडा ध्यानाकर्षण गराउनुभयो।

वर्षायाममा रानीमहल क्षेत्र जलमग्न हुँदा यसको अस्तित्व संकटमा परेको र स्थानीय नागरिकको उठिबास हुने अवस्था सिर्जना भएको पीडा सदनमा पोख्दै सांसद डा. थापाले भन्नुभयो, "मलाई मेरा क्षेत्रका आदरणीय जनताले सिंहदरबारमा आफ्नो सुख-दुःखको आवाज बुलन्द गर्न र संकट पर्दा गुहार माग्न पठाएका हुन्। जनताले मलाई सुम्पेको त्यही भरोसा र जिम्मेवारी बोकेर आज मैले सम्मानित सदनमार्फत सरकारसँग रानीमहल र यस क्षेत्रका नागरिकका लागि हार-गुहार मागेको छु।"

उहाँले महलको जग जोगाउँदै नदीको धार व्यवस्थापन र बलियो स्थायी तटबन्ध निर्माण गर्न तत्काल कार्य अगाडि बढाउन माग गर्नुभयो। 

संसदमा संक्षिप्त रूपमा हार-गुहार मागेका सांसद डा. थापाले पछि आफ्नो फेसबुक पेजमार्फत रानीमहलको एउटा निकै रोचक ऐतिहासिक प्रसंग पनि सेयर गर्नुभएको छ। वि.सं. १९४९ मा जनरल खड्ग शम्शेरले पाल्पाको विकट खोचमा रानीमहल निर्माण गर्दा सिमेन्ट विना नै चुन, सुर्की, मासको दाल र चाकु मिसाएर बनाएको 'बज्रलेप' को तागतले यो महल खडा गरिएको र शताब्दीभन्दा बढी समयसम्म कालीगण्डकीका भीषण बाढीहरूलाई यसैले झेलेको रोचक कथा उहाँले फेसबुकमा उल्लेख गर्नुभएको छ। पुर्खाहरूले आधुनिक प्रविधि विना त यति भव्य सम्पदा जोगाए, तर आज विज्ञानको युगमा पनि हामीले यसलाई बाढीबाट जोगाउन नसक्नु दुःखद र लज्जास्पद विषय भएको उहाँको फेसबुक पोस्टमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार