काठमाडौं, कात्तिक २० गते । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घटेको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य एकैदिन १३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ पुगेको थियो।>
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १ सय १० रुपैयाँले घटेर प्रतितोला ३ हजार ८ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।>
अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ३ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो।>>