मुख्य समाचार
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति | राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र | प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट | साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो | पाल्पामा पिकअप जिप ११० मिटर तल खस्यो, १० जना घाइते | पाल्पामा दुर्घटनाको कहालीलाग्दो तथ्यांक : ३ वर्षमा ९३ जनाको मृत्यु | बगनासकालीमा ३२औँ विश्व आदिवासी दिवस सम्पन्न: शेरबहादुर चिदीको अध्यक्षतामा नयाँ परिषद् गठन | बाणगंगा नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता | साठी हाते झरना : जल पर्यटनका लागि नयाँ गन्तव्य ठाउँ | लुम्बिनीमा रास्वपाको आँधी : २६ मध्ये २१ क्षेत्रमा जित |

समाचार लुम्बिनी प्रदेश २५ फाल्गुन २०८२, सोमबार

लुम्बिनीमा रास्वपाको आँधी : २६ मध्ये २१ क्षेत्रमा जित

Rastriyanews
लुम्बिनी

लुम्बिनी । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्। पछिल्लो मतपरिणामअनुसार प्रदेशमा रास्वपाले अभूतपूर्व सफलता हासिल गर्दै अन्य दलहरूलाई सीमित बनाएको छ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले दुई तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दुई क्षेत्रमा विजय हासिल गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले एक क्षेत्रमा मात्र जित हात पारेको छ।
रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्। रुपन्देही–१ मा सुनील लम्साल, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा डा. लेखजंग थापा, रुपन्देही–४ मा कन्हैया बनियाँ र रुपन्देही–५ मा तौफिक अहमद खान विजयी भएका छन्।
नवलपरासी (पश्चिम)का दुवै क्षेत्रमा पनि रास्वपाले जित हात पारेको छ। नवलपरासी पश्चिम–१ मा विक्रम खनाल तथा नवलपरासी पश्चिम–२ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्।
कपिलवस्तुमा दुई क्षेत्रमा रास्वपा विजयी भएको छ भने एक क्षेत्रमा कांग्रेसले सफलता पाएको छ। कपिलवस्तु–१ मा मोहनलाल आचार्य र कपिलवस्तु–२ मा विक्रमसिंह थापा विजयी भएका छन् भने कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।
दाङका तीनवटै क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। दाङ–१ मा देवराज पाठक, दाङ–२ मा विपीनकुमार आचार्य र दाङ–३ मा कमल सुवेदी विजयी भएका छन्।
गुल्मीका दुईवटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। गुल्मी–१ मा सागर ढकाल र गुल्मी–२ मा गोविन्द पन्थी निर्वाचित भएका छन्।
बर्दियामा पनि रास्वपाले दुवै क्षेत्रमा जित हासिल गरेको छ। बर्दिया–१ मा ठाकुरसिंह थारु र बर्दिया–२ मा श्रीधर पोखरेल विजयी भएका छन्।
बाँकेमा भने दुई क्षेत्रमा रास्वपा र एक क्षेत्रमा एमाले विजयी भएको छ। बाँके–१ मा सुरेशकुमार चौधरी र बाँके–३ मा खगेन्द्र सुनार निर्वाचित भएका छन् भने बाँके–२ मा एमालेका मोहम्मद इश्तियाक राई विजयी भएका छन्।
अन्य जिल्लातर्फ रुकुम पूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा रोल्पामा वर्षमान पुन निर्वाचित भएका छन्। प्यूठानमा रास्वपाका सुशान्त बैदिक विजयी भएका छन्। पाल्पा–१ मा कांग्रेसका सन्दीप राना तथा पाल्पा–२ मा रास्वपाका माधवबहादुर थापा निर्वाचित भएका छन्। अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी भएका छन्।
यसपटकको निर्वाचन परिणामले लुम्बिनी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। रास्वपाले बहुसंख्यक क्षेत्र जित्दै प्रदेशमा नयाँ राजनीतिक सन्देश दिएको टिप्पणी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार