मुख्य समाचार
पाल्पाका सम्पदा | महाअष्टमीमा माता महागौरीको पूजाआराधना गरिँदै | बडादसैँको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विशेष पूजा | रामचन्द्र खनालको ऐतिहासिक उपन्यास ‘रानीमहल’ विमोचन | राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा एकजुट हुन अपिल | डा. राम बहादुर राउतको ‘जीवनशैली’ पुस्तक विमोचन: समाजलाई सकारात्मकतातर्फ फर्काउन मुख्यमन्त्री आचार्यको आह्वान | सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ |

राष्ट्रिय समाचार लुम्बिनी प्रदेश ११ भाद्र २०८३, बिहीबार

नवलपुरमा ४९ शव तथा मानव अंग फेला

Rastriyanews

नवलपुर। नवलपुरको नारायणी नदी किनारमा भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएका ४९ वटा शव तथा मानव अंग फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हालसम्म २४ पुरुष, ११ महिला, ६ बालिका र २ बालकका शव तथा ६ वटा मानव अंग फेला परेका हुन्।

फेला परेका शवमध्ये गैँडाकोट नगरपालिकामा ३०, विनयी त्रिवेणी गाउँपालिकामा ८, देवचुली नगरपालिकामा ६ र मध्यविन्दु नगरपालिकामा ५ वटा छन्। तीमध्ये २६ वटा शव गैँडाकोट नगर अस्पतालमा राखिएको छ भने २३ वटा शव नारायणी नदी किनारमै रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। फेला परेका कुनै पनि शवको पहिचान खुल्न नसकेको उहाँले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयले बिहानैदेखि शव सङ्कलनको कामलाई तीव्रता दिएको जनाएको छ।

शव सङ्कलनका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। दिनभरमा थप शव फेला पर्न सक्ने आकलन गर्दै प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो।

स्थानीय प्रशासनले शव व्यवस्थापनको काम चुनौतीपूर्ण हुने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार