मुख्य समाचार
फूलले ढकमक्क विद्यालय परिसर, भवनको अवस्था भने जीर्ण! | केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय | १५ वर्षदेखि कृषिमा जम्दै भट्टराई: ‘मेहनत गरे स्वदेशमै वार्षिक ४ लाख आम्दानी सम्भव’ | गुल्मीमा दुःखद घटना : भीरबाट खसेर ३७ वर्षीया महिलाको मृत्यु | तानसेन एक राइडाँडा सडक जीर्ण, खाल्डाखुल्डी पुर्न चालक आफैँ बाध्य | रोल्पामा जुवातास खेल्नेविरुद्ध प्रहरीको कारबाही, नेतासहित १० जना नियन्त्रणमा | बजारमा सुन महँगियो, चाँदीको मूल्य घट्यो | कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया महिलाको मृत्यु | मत फेरियो तर फेरिएन गाउँको नियति: सिंहदरबारको बेवास्तामा भुइमान्छेका ग्रामीण बस्ती | रुपन्देहीमा महिलाको हत्या गरी सुन लुटपाट गरेको आरोपमा चार जना पक्राउ |

समाचार स्थानीय समाचार लुम्बिनी प्रदेश १९ कार्तिक २०८३, बिहीबार

फूलले ढकमक्क विद्यालय परिसर, भवनको अवस्था भने जीर्ण!

Rastriyanews

माधव पाण्डे, पाल्पा । पूर्वखोला गाउँपालिका–४, बेसर्धामा अवस्थित कमला देवी प्राथमिक विद्यालयको परिसर विभिन्न प्रजातिका फूलले ढकमक्क छ। फूलैफूलले सजिएको विद्यालयको आकर्षक वातावरणले जोकोहीको मन लोभ्याउँछ। तर विद्यालयभित्र प्रवेश गर्दा भने भवन तथा भौतिक संरचनाको अवस्था जीर्ण देखिन्छ।

विद्यालयको बाहिरी वातावरण सुन्दर र आकर्षक भए पनि भित्री भौतिक संरचनाको अवस्था भने सुधारको पर्खाइमा छ। हाल विद्यालयमा २८ जना विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको सुरक्षित र सहज पठनपाठनका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने देखिन्छ।

विद्यालयकी प्रधानाध्यापक रीता सारुका अनुसार गाउँपालिका तथा वडा कार्यालयबाट सहयोग प्राप्त भए पनि विद्यालयको आवश्यकताअनुसार पर्याप्त सहयोग हुन सकेको छैन।

त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर सारुले विद्यालयको भौतिक अवस्था सुधार गर्न सम्बन्धित निकायबाट थप सहयोग र पहल आवश्यक रहेको बताउनुभएको छ।

विद्यालय परिसर फूलले जति सुन्दर देखिएको छ, त्यति नै सुरक्षित र व्यवस्थित भित्री संरचना बनाउन सके विद्यार्थीको पठनपाठनमा थप सहजता हुने अपेक्षा गरिएको छ।

विद्यालयको बाहिरी सुन्दरता कायम राख्दै जीर्ण भौतिक संरचनाको सुधारमा सम्बन्धित निकायको ध्यान कहिले पुग्ला? स्थानीय सरकार तथा सरोकारवाला निकायले समयमै आवश्यक पहल गरी विद्यालयको भौतिक अवस्था सुधार गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार