काठमाडौं, १७ कात्तिक । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।>
यस्तै, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।>>