मुख्य समाचार
दाङमा ट्रक–मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते | सुन र चाँदी दुवैको मूल्य बढ्यो | ब्राउन सुगरसहित दुई पक्राउ, नियन्त्रणमा लिन प्रहरीद्वारा हवाई फायर | जेन्जी अभियन्ता उमेश भण्डारीले भुइँतहबाटै सुरु गरे राजनीतिक यात्रा | देउखुरीमा सर्पले डस्दा ७५ वर्षीय वृद्धको मृत्यु | सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो | मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने |

दाङमा ट्रक–मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते

Rastriyanews

दाङ, १६ कात्तिक । दाङमा ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना युवती घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३, बाघढड्डीमा गएराति करिब १ः३५ बजे दुर्घटना भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–६, भगवानपुर निवासी ३० वर्षीय प्रबिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो । गम्भीर घाइते चौधरीलाई उद्धार गरी भालुवाङ अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मोटरसाइकलको पछाडि सवार राप्ती गाउँपालिका–३, मसुरियाका १६ वर्षीया निसु चौधरी र १९ वर्षीया करिना चौधरी घाइते भएका छन् । भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक र चालक पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११, रानीपाकड निवासी ३४ वर्षीय राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार