समाचार राष्ट्रिय समाचार सुन-चाँदी ११ कार्तिक २०८३, बुधवार

सुन तोलामा ९ सय र चाँदी १० रुपैयाँ बढ्यो

Rastriyanews

काठमाडौं, ११ कात्तिक । बुधबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । अघिल्लो दिन ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार