मुख्य समाचार
गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते | रविन्द्र घिमिरे माननीय माधव थापाको स्वकीय सचिवमा नियुक्त | जनप्रतिनिधिकै नेतृत्वमा श्रमिकमाथि कुटपिट भएको भन्दै सांसद थापाको आपत्ति | कुशे औँसी : कुशको महत्त्व र पिताको महत्त्व | वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा पहिरो र बाढीको असर | नक्कली खुकुरी चुरोटसहित गुल्मीमा एक जना पक्राउ | रिब्दीकोटका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा विपद् कोषमा ६२ हजार बढी सहयोग | माइतीघरमा महिलाद्वारा आत्मदाह प्रयास | ‘जेनजी’ सहिद दिवस आज, देशभर सार्वजनिक बिदा | खोज तथा उद्धारको काम तदारुकतासाथ जारी छ : प्रधानमन्त्री शाह |

समाचार राष्ट्रिय समाचार प्रदेश २७ भाद्र २०८३, शनिबार

रविन्द्र घिमिरे माननीय माधव थापाको स्वकीय सचिवमा नियुक्त

Rastriyanews

पाल्पा । पाल्पा क्षेत्र नं. २ का माननीय सांसद माधव थापा को स्वकीय सचिवमा पाल्पाको बगनासकाली गाउँपालिका–८, बराङ्दीका रविन्द्र घिमिरे नियुक्त हुनुभएको छ।

पार्टी स्थापना कालदेखि नै पार्टीको संगठन निर्माण तथा विभिन्न गतिविधिमा सक्रिय रहँदै आउनुभएका घिमिरेले बगनासकाली गाउँपालिकाको निवर्तमान कमिटी अध्यक्षका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नुभएको छ।

घिमिरे स्नातकोत्तर तहमा अध्ययनरत हुनुहुन्छ। उहाँले सञ्चार तथा पत्रकारिताको क्षेत्रमा समेत अनुभव हासिल गर्नुभएको छ। श्रीनगर एफएममा करिब दुई वर्ष पत्रकारिताको अनुभव लिनुभएका घिमिरेले जिल्ला सरकारी वकिल कार्यालय, भैरहवामा करिब दुई वर्ष कम्प्युटर अपरेटरका रूपमा काम गर्नुभएको थियो। साथै, विभिन्न शैक्षिक परामर्श तथा शैक्षिक क्षेत्रमा Academic Advisor का रूपमा करिब दुई वर्ष काम गरेको अनुभवसमेत उहाँसँग रहेको छ।

पार्टी स्थापना कालदेखि नै संगठन निर्माण र पार्टीका विभिन्न गतिविधिमा निरन्तर सक्रिय रहँदै आउनुभएका घिमिरे आफ्नो गाउँ–ठाउँको विकास र सामाजिक सुधारमा योगदान गर्नुपर्छ भन्ने सोचका साथ काम गर्दै आउनुभएको छ। उहाँ  प्रचारप्रसारभन्दा पनि शान्त र निरन्तर रूपमा काम गर्न रुचाउने व्यक्तिका रूपमा परिचित हुनुहुन्छ।

नयाँ जिम्मेवारीसँगै पाल्पा क्षेत्र नं. २ का जनताको आवाज, आवश्यकता र अपेक्षालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउन घिमिरेले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै क्षेत्रको विकास, जनसेवा तथा जनताको साझा हितका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास गरिएको छ।

घिमिरेको राजनीतिक तथा संगठनात्मक अनुभवसँगै पत्रकारिता, शैक्षिक परामर्श र प्रशासनिक क्षेत्रमा हासिल गरेको अनुभवले नयाँ जिम्मेवारीमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नयाँ जिम्मेवारीका लागि रविन्द्र घिमिरे ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 

प्रतिक्रिया

सम्बन्धित समाचार