मुख्य समाचार
जेन्जी अभियन्ता उमेश भण्डारीले भुइँतहबाटै सुरु गरे राजनीतिक यात्रा | देउखुरीमा सर्पले डस्दा ७५ वर्षीय वृद्धको मृत्यु | सुन एकैदिन ८ हजार ३०० रुपैयाँ सस्तियो | मौसम क्रमिक रूपमा सुधार हुँदै जाने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना | सुस्तामा पानीले बगाएर ल्याएको अवस्थामा बालकको शव फेला | बोली, बोल्ने कला र महत्त्व | नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको तयारी, कार्यदल गठन गरिने | द्वन्द्वात्मक युगको यात्रामा बर्तमानमा विश्व र नेपाल: विकास कि विनाश? | तानसेनका ३ हजार ३२४ उपभोक्ताले पाउने भए विद्युत् महसुलमा छुट | पत्रकार पक्राउको विरोधमा माइतीघरमा पत्रकारहरूको प्रदर्शन |

समाचार राष्ट्रिय समाचार प्रदेश २९ भाद्र २०८३, मङ्गलबार

ऋषि पञ्चमी आज : सप्तऋषिको पूजा गर्दै हिन्दु नारीहरू

Rastriyanews

काठमाडौँ, भदौ ३० गते । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु धर्मावलम्बी नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाउँदैछन्।

ऋषि पञ्चमीका अवसरमा महिलाहरू बिहानै नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा पुगेर स्नान गर्ने गर्छन्। धार्मिक परम्पराअनुसार ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ।

तीज पर्वमा महिला तथा पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यस दिन नारीहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाउने गर्छन्।

पूजा–आराधना सम्पन्न गरेपछि कर्कलो लगायतका कन्दमूल तथा अन्य शाकाहारी परिकार बनाएर खाने प्रचलन छ। कर्कलोमा आइरनलगायत विभिन्न पोषक तत्त्व पाइने भएकाले यसलाई स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऋषि पञ्चमीलाई महिलाहरूले शुद्धता, आत्मसंयम र सप्तऋषिप्रतिको श्रद्धाका साथ मनाउने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार