काठमाडौँ, भदौ ३० गते । आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु धर्मावलम्बी नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी यो पर्व मनाउँदैछन्।>
ऋषि पञ्चमीका अवसरमा महिलाहरू बिहानै नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा पुगेर स्नान गर्ने गर्छन्। धार्मिक परम्पराअनुसार ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ।>
तीज पर्वमा महिला तथा पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यस दिन नारीहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाउने गर्छन्।>
पूजा–आराधना सम्पन्न गरेपछि कर्कलो लगायतका कन्दमूल तथा अन्य शाकाहारी परिकार बनाएर खाने प्रचलन छ। कर्कलोमा आइरनलगायत विभिन्न पोषक तत्त्व पाइने भएकाले यसलाई स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ।>
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ऋषि पञ्चमीलाई महिलाहरूले शुद्धता, आत्मसंयम र सप्तऋषिप्रतिको श्रद्धाका साथ मनाउने गर्छन्।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन