राष्ट्रिय समाचार ११ भाद्र २०८३, बिहीबार

रसुवा बाढी : १०५ जनाको हवाई उद्धार

Rastriyanews

काठमाडौं । रसुवामा गएको बाढीबाट प्रभावित नागरिकको खोजी तथा उद्धारका क्रममा नेपाली सेनाले हवाई माध्यमबाट १०५ जनाको सफल उद्धार गरेको छ।

सेनाका अनुसार भाद्र ११ गते बिहीबार बिहान ९:३० बजेसम्म बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि परिचालित हेलिकप्टरमार्फत टिमुरे क्षेत्रबाट १५ जना विदेशी नागरिकसहित ८३ जना तथा मैलुङको टनेलमा थुनिएका ७ जनासहित कूल १०५ जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको हो।

प्रभावित क्षेत्रमा घाइतेहरूको आपत्कालीन उपचार, स्थल तथा हवाई माध्यमबाट उद्धार र राहत सामग्री वितरणलाई त्रिभुज रूपमा समन्वय गर्दै अघि बढाइएको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार