मुख्य समाचार
माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना |

समाचार राष्ट्रिय समाचार प्रदेश नः १ १२ भाद्र २०८३, शुक्रबार

आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

Rastriyanews

काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइँदैछ।

यस अवसरमा बिहानैदेखि श्रद्धालुहरूले नदी, तलाउ तथा जलाशयमा स्नान गरी सप्तऋषिको पूजा–आराधना तथा तर्पण गर्ने परम्परा छ। तागाधारीहरूले पुरानो जनै फेरेर मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) धारण गर्ने गर्दछन्।

आज गुरु–पुरोहितबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने चलनसमेत रहेको छ। साथै दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँध्दै दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्ने तथा दाजुभाइले उपहार र दक्षिणा दिई रक्षाको वचन दिने परम्परा छ।

जनैपूर्णिमा तथा रक्षाबन्धनले दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार