काठमाडौं, कात्तिक १९ गते । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको छ। एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँले बढेको हो।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।>
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उच्च दरले बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।>
यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा २ सय ६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९ सय २० रुपैयाँ पुगेको छ।>
अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।>>