मुख्य समाचार
सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य, सात स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा | माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति |

१३ भाद्र २०८३, शनिबार

भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम, नदी किनार नजान आग्रह

Rastriyanews

काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम देखिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले नदी किनारमा आवतजावत नगर्न आग्रह गरेको छ।

महाशाखाका अनुसार भोटेकोशी र त्रिशूली नदीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको छ। उक्त ताल फुट्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने चेतावनी दिइएको हो।

बाढीविद् विनोद पराजुलीका अनुसार चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणमा भदौ १० गते बाढी आएको क्षेत्रमा नदी थुनिएर बनेको ताल विस्तार हुँदै गएको देखिएको छ।

ताल फुटेमा पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ।

हाल भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको खतरा बढेमा पूर्वसूचना जारी गरिने महाशाखाले जनाएको छ।

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार