काठमाडौं २१, असोज। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका लागि नेपालसहित विभिन्न देशमा टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।>
समितिका अनुसार नेपालमा बडादशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा रहेको छ। यसअघि नै समितिले नेपालको टीकाको साइत सार्वजनिक गरिसकेको थियो।>
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित २३ देशका लागि बडादशैंको टीकाको साइत निर्धारण गरेको समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो।>
विदेशमा बसोबास गर्ने नेपालीलाई दशैंको टीका लगाउन सहज होस् भन्ने उद्देश्यले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत निर्धारण गरिएको हो।>
समितिले सम्बन्धित स्थानको सूर्योदयको समय र दशमी तिथिलाई आधार बनाएर टीकाको साइत निर्धारण गर्ने गरेको जनाएको छ। यही कारण विभिन्न देशमा बडादशैंको टीकाको साइत फरक–फरक दिन र समयमा पर्ने गरेको समितिले जनाएको छ।>
विदेशमा रहेका नेपालीले आफ्नो देश तथा स्थानअनुसार समितिले निर्धारण गरेको साइतमा दशैंको टीका लगाउन सक्नेछन्।>