भन्सार छलीका सामान नियन्त्रणमा

Rastriyanews

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ पैठेडाँडा स्थित सिद्धार्थ राजमार्गबाट प्रहरीले भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ।

भदौ २ गते प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी चेकिङ टोलीले बुटवलबाट बेनीतर्फ जाँदै गरेको लु २ ख ६९७६ नम्बरको हाइस गाडीलाई चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएका कुर्था र साडी बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य रु. ८५ हजार ४५० रहेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देही पठाइएको छ।

बरामद सामानमा कुर्था १०९ थान र साडी ५१ थान रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार