मुख्य समाचार
सद्भावयुक्त समाज निर्माणका लागि सकारात्मक सोच अभियान सञ्चालन गरौँ | रामपुर नगरपालिकाको वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति | राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र | प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट | साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो | पाल्पामा पिकअप जिप ११० मिटर तल खस्यो, १० जना घाइते | पाल्पामा दुर्घटनाको कहालीलाग्दो तथ्यांक : ३ वर्षमा ९३ जनाको मृत्यु | बगनासकालीमा ३२औँ विश्व आदिवासी दिवस सम्पन्न: शेरबहादुर चिदीको अध्यक्षतामा नयाँ परिषद् गठन | बाणगंगा नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता |

समाचार लुम्बिनी प्रदेश २७ श्रावण २०८३, बुधवार

रामपुर नगरपालिकाको वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न

Rastriyanews

पाल्पा । रामपुर नगरपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम तथा प्रदान गरेका सेवाको वार्षिक समीक्षा गरेको छ।

नगरपालिकाभित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट वर्षभरि सम्पादन भएका कार्यक्रमको समीक्षा गरिएको हो। कार्यक्रममा भौतिक अवस्था, पोषण, गर्भवती तथा मातृ–शिशु स्वास्थ्य, औषधिको उपलब्धता तथा वितरण, ज्येष्ठ नागरिक र विद्यार्थीको स्वास्थ्य परीक्षणलगायत विषयमा छलफल गरिएको थियो।

सहभागीहरूले स्वास्थ्य संस्थाका भौतिक संरचना सुधार गर्नुपर्ने तथा आरडिटी किटको अभावका कारण बिरामीको परीक्षणमा समस्या देखिएको भन्दै किटको सहज उपलब्धतामा जोड दिएका थिए।

नगर प्रमुख रमणबहादुर थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै जनताको मन जित्ने गरी सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो। उहाँले ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो। साथै, नगरभित्रका बर्थिङ सेन्टरलाई आवश्यकताका आधारमा पुनरावलोकन गरी गुणस्तरीय सेवा प्रदान गर्न सक्ने गरी सुधार गर्नुपर्ने बताउनुभयो।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले नागरिकको आवश्यकताअनुसार स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताउँदै सेवाको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलले आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै स्वास्थ्य सूचक पूरा गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो।

स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट २४ हजार १ सय ३५ जनाले स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् भने २ सय २७ जनाले संस्थागत सुत्केरी सेवा प्राप्त गरेका छन्।

त्यस्तै, मेरुदण्ड पक्षघातका ४ जना, मिर्गौला डायलासिस गराइरहेका २५ जना र क्यान्सरका ७९ जना गरी १०८ जनालाई मासिक ५ हजार रुपैयाँका दरले नियमित औषधि उपचार खर्च उपलब्ध गराइएको छ।

स्वास्थ्य शाखाले ३ हजार ९ सय ९५ जनाको नसर्ने रोग स्क्रिनिङ, विभिन्न विद्यालयका १ हजार १ सय ८८ विद्यार्थीको रक्तअल्पता परीक्षण तथा ४ सय ९९ महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा पनि प्रदान गरेको जनाएको छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमनप्रकाश पोखरेलको अध्यक्षता तथा नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न समीक्षा कार्यक्रम स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको स्वागत र नर्सिङ अधिकृत पुनम धितालको सञ्चालनमा भएको थियो।

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा १६ वटै स्वास्थ्य संस्थाका प्रमुख, रामपुर अस्पताल तथा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार