पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएकी छन्।>
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार २०८३ कात्तिक ९ गते साँझ करिब ५ः१५ बजे गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आएको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएको थियो।>
दुर्घटनामा गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोक निवासी ३७ वर्षीया माया कुँवर र गुल्मीकै इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया स्कुटर चालक केशरी कुँवर घाइते भएका थिए।>
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको टोलीले घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो। उपचारका क्रममा माया कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर चालक केशरी कुँवर सामान्य घाइते भएकी छन्।>
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।>>