पाल्पा, असोज १० । तिनाउ गाउँपालिका–५ केराबारीस्थित सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।>
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडक माथिबाट गिट्टीसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन जेसीबीसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।>
सडक अवरुद्ध भएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन