दसैँको सुरुवातसँगै जोडिएको १६ दिनको पितृ पक्ष अर्थात् सोह्र श्राद्धको आजबाट प्रारम्भ भएको छ। वैदिक सनातन संस्कारमा पितृ कर्मलाई महत्वपूर्ण संस्कारका रूपमा लिइन्छ। आफ्ना दिवंगत पितृप्रति श्रद्धा, स्मरण र सम्मान व्यक्त गर्दै गरिने श्राद्ध तथा तर्पणले पारिवारिक संस्कार र पुस्ताबीचको सम्बन्धलाई जोड्ने विश्वास गरिन्छ।
सनातन परम्पराअनुसार पितृ पक्षमा आफ्ना दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने चलन छ। कतिपय परम्परामा सात पुस्तासम्मका पितृलाई तर्पण दिने प्रचलनसमेत रहेको पाइन्छ। यसले वर्तमान पुस्ताले आफ्ना बाबु, बाजे तथा पूर्वजप्रति व्यक्त गर्ने श्रद्धा र समर्पणलाई झल्काउँछ।>
१६ श्राद्धलाई केवल धार्मिक कर्मकाण्डका रूपमा मात्र नभई पूर्वजको स्मरण, पारिवारिक दायित्व र पुस्तान्तरण हुँदै आएको सनातन संस्कारको निरन्तरताका रूपमा समेत लिइन्छ। पितृप्रति श्रद्धा अर्पण गर्ने यस परम्पराले वैदिक सनातन संस्कारको महत्त्व र सामाजिक–सांस्कृतिक पक्षलाई थप उजागर गर्दछ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन