समाचार राष्ट्रिय समाचार प्रदेश १० कार्तिक २०८३, मङ्गलबार

गुल्मीमा सडकको नालीमा ७२ वर्षीय वृद्ध मृत फेला

Rastriyanews

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४, सेउघामा ७२ वर्षीय यमलाल गौतम मृत अवस्थामा फेला परेका छन्।

रेसुङ्गा नगरपालिका–४ निवासी गौतम तम्घास–सिमलटारी सडकखण्डको नालीमा मृत फेला परेको प्रहरीले जनाएको छ। उनी आफ्नै घर जाने भिरालो गोरेटो बाटोबाट करिब नौ मिटर तल सडकको नालीमा खसेको अवस्थामा भेटिएका थिए।

मङ्गलबार राति घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले घटनास्थलको जाँचबुझ तथा शव जाँच मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल, तम्घास ल्याएको छ।

प्रहरीका अनुसार वृद्धको मृत्युको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घटनास्थल जिल्ला प्रहरी कार्यालय गुल्मीबाट करिब सात किलोमिटर पश्चिममा पर्दछ।

प्रतिक्रिया

सम्बन्धित समाचार