मुख्य समाचार
रिब्दीकोटमा पहिरोपीडितलाई राहत सामग्री वितरण | यूएन महासभामा नेपालको सहभागिता उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल | ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ चालक कारबाहीमा | सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढ्यो | लुम्बिनीमा चार दिनमा ७८ विपत्का घटना, ६ जनाको मृत्यु, १ हजार २८० विस्थापित | जीवन जिउनुको अर्थ | नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन सम्पन्न, एकता र स्थायित्वमा जोड | नागरिकको दुःखमा स्थानीय सरकार : रिब्दीकोटमा अध्यक्ष कार्कीसहित जनप्रतिनिधि स्थलगत निरीक्षणमा | लगातारको वर्षा र पहिरोले पाल्पामा विद्युत् आपूर्तिमा समस्या, जनशक्ति अभावले मर्मतमा चुनौती | दोस्रो पूर्वखोला कप हुँदै, राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति |

समाचार ३१ श्रावण २०८३, आइतबार

नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा अवरुद्ध

Rastriyanews

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।

यसको प्रभावले देशभर साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली–पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा तथा बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

गण्डकी र कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा धेरै स्थानमा तथा कोशी र बागमतीका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार