मुख्य समाचार
देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित | कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित | पाल्पामा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मिति परिवर्तन | रामपुरमा तीन एकल आमालाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण | इलाममा ४१ बोरा गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार | पश्चिम नवलपरासीमा कुटपिटबाट घाइते युवकको मृत्यु, एक जना पक्राउ | भोटेकोशी बाढीमा बेपत्ता पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार | पाल्पाबाट संकलित राहत सामग्री नुवाकोट रेडक्रसलाई हस्तान्तरण |

समाचार राष्ट्रिय समाचार ८ असोज २०८३, बिहीबार

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित

Rastriyanews

काठमाडौँ, असोज ८ गते । डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाज दुर्घटनामा परेको छ। नेपालगन्जबाट उडेको सीता एयरको ९एन–एजे जहाज बिहीबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रवक्ता प्रहरी निरीक्षक पदम रावलका अनुसार जहाजमा १३ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी १६ जना सवार थिए। तीमध्ये सात जना विदेशी नागरिक रहेको उहाँले जानकारी दिनुभयो।

अवतरणका क्रममा जहाजको पछाडिपट्टिको दायाँ चक्का बाहिर निस्किएको प्रहरीले जनाएको छ। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि जहाजमा आगलागी हुनबाट जोगिएको बताइएको छ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनापछि जहाज अहिले पनि विमानस्थलको धावनमार्गमै रहेको छ।

जुफाल विमानस्थलमा नेपाल वायुसेवा निगमले साताको दुई दिन नियमित उडान गर्दै आएको छ। सीता एयर, तारा एयरलगायत निजी वायुसेवा कम्पनीले यात्रु उपलब्धताका आधारमा यहाँ उडान गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार