काठमाडौँ, मङ्सिर १ गते । राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ।>
मङ्गलबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो।>
सरकारले यस वर्ष भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ। प्रतिकूल परिस्थितिमा समेत व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान गरिएको हो।>
२०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट र तोडफोड भएको थियो। उक्त घटनाबाट कम्पनीलाई अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको थियो। ठूलो क्षति बेहोर्नुपरे पनि एक जना कर्मचारीको समेत रोजगारी नगुमाई पुनः लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याइसकेको कम्पनीले जनाएको छ।>
व्यक्तिगततर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल सम्मानित>
राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित हुनुभएको छ।>
त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ।>
हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ। यस अवसरमा सरकारले विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।>
>