मुख्य समाचार
जुन टिमले जिते पनि जित नेपाली क्रिकेटकै हुन्छ : मन्त्री गौतम | तीन वर्षमा आठ क्रिकेट रंगशाला बनाउने सरकारको लक्ष्य | कपिलवस्तुमा लागूऔषध मुद्दामा ३० जना पक्राउ | सुन तोलामा ३ हजार महँगियो | दुई रोपनीमा नर्सरी, एक रोपनीमा फूल खेती; रामबहादुरको वार्षिक आम्दानी साढे ३ लाख | सरकारले ४ उच्च जोखिमयुक्त हिमतालको सतह घटाउने | सेयर बजारको नयाँ बेन्चमार्क सूचक ल्याउने तयारीमा धितोपत्र बोर्ड | सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो | बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र यात्रुलाई सतर्क रहन आग्रह | बैतडीमा ४.२ रेक्टर स्केलको भूकम्प |

समाचार राष्ट्रिय समाचार प्रदेश ९ कार्तिक २०८३, सोमबार

कपिलवस्तुमा लागूऔषध मुद्दामा ३० जना पक्राउ

Rastriyanews

कपिलवस्तु । कपिलवस्तुमा चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दामा ३० जना पक्राउ परेका छन्। पक्राउ

पर्नेमा २३ पुरुष र सात महिला रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार उक्त अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइनसहित विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ। बरामद लागूऔषधमा पाँच किलो २२५

ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम र १३० ग्राम गाँजा रहेका छन्।

त्यस्तै, प्रहरीले २० वटा नाइट्राभेट, आठ वटा स्पास्मो र कोडिन सिरपको एक बोतलसमेत बरामद गरेको जनाएको छ।

यसैबीच, प्रहरीले गएराति शिवराज नगरपालिका–२, हल्लानगरबाट खैरो हेरोइनजस्तो पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले बोहराको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार