नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन्।>
धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस आज बिहान जिल्लाको कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।>
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले बसमाथिको नियन्त्रण गुमाउँदा बिहान करिब ६ः४० बजे दुर्घटना भएको हो।>
दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको पण्डितले जानकारी दिए। बस दुर्घटनास्थलमै रहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।>>