१ मंसिर, काठमाडौं । मंगलबार पनि सुनको मूल्यमा गिरावट आएको छ।>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।>
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ थियो। तिहारयता सुनको मूल्य प्रतितोला १७ हजार १ सय रुपैयाँ घटिसकेको छ। तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।>
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ३० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ४९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।>>>