माधव पाण्डे, पाल्पा । माथागढी गाउँपालिका–८, बहादुरपुर वडा कार्यालयमा कार्यालय सहायकका रूपमा ११ वर्षदेखि निरन्तर सेवा गर्दै आउनुभएका मोहन रानालाई भावुक वातावरणबीच बिदाइ गरिएको छ।>
लामो समय बहादुरपुर वडा कार्यालयमा रहेर सेवा गर्नुभएका रानाको माथागढी गाउँपालिकाको हुलाक कार्यालयमा सिफारिस भएसँगै वडा कार्यालय परिवार तथा स्थानीयवासीले उहाँको योगदानको स्मरण गर्दै बिदाइ गरेका हुन्।>
बिदाइका क्रममा वडा अध्यक्षले भावुक हुँदै मोहन रानाले वडा कार्यालयलाई आजको अवस्थामा ल्याउन तथा कार्यालयलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।>
त्यस्तै, वडा सचिव अशोक पुनले पनि मोहन रानासँग काम गर्दाका दिनहरू निकै रमाइला र आत्मीय रहेको स्मरण गर्दै भावुक हुनुभयो। लामो समयको सहकार्यका क्रममा उहाँले देखाउनुभएको सहयोगी भावना, इमानदारिता र जिम्मेवारीप्रतिको लगाव सधैँ सम्झनामा रहने उहाँले बताउनुभयो।>
यसैबीच, वडा कार्यालयबाट बिदाइ हुँदै गर्दा स्थानीयवासीले पनि मोहन रानाप्रति आत्मीयता व्यक्त गर्दै उहाँले पुर्याउनुभएको योगदानको स्मरण गरेका छन्। ११ वर्षसम्म गाउँघरका नागरिकसँग प्रत्यक्ष जोडिएर सेवा गर्नुभएका रानासँग स्थानीयवासीको पारिवारिकजस्तै सम्बन्ध स्थापित भएको थियो।>
स्थानीयवासीका लागि उहाँ केवल कार्यालय सहायक मात्र नभई वडा कार्यालय पुग्दा सहयोग गर्ने, नागरिकका समस्या सुन्ने र आवश्यक काममा सहजीकरण गर्ने परिचित तथा आत्मीय व्यक्तिका रूपमा रहनुभएको थियो।>
११ वर्षको सेवा अवधि पूरा गरी अर्को जिम्मेवारीमा जानुभए पनि बहादुरपुरवासीको मनमा उहाँले छोड्नुभएको आत्मीयता, सद्भाव र योगदान सधैँ स्मरणीय रहनेछ।>
>>