३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको हो ।>
मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो ।>
तिहारपछि सुनको मूल्य प्रतितोला १५ हजार २ सय रुपैयाँले घटिसकेको छ । तिहारअघि सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।>
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ८० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर ३ हजार ५ सय २० रुपैयाँ कायम भएको छ ।>>