मुख्य समाचार
वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा पहिरो र बाढीको असर | नक्कली खुकुरी चुरोटसहित गुल्मीमा एक जना पक्राउ | रिब्दीकोटका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा विपद् कोषमा ६२ हजार बढी सहयोग | माइतीघरमा महिलाद्वारा आत्मदाह प्रयास | ‘जेनजी’ सहिद दिवस आज, देशभर सार्वजनिक बिदा | खोज तथा उद्धारको काम तदारुकतासाथ जारी छ : प्रधानमन्त्री शाह | विपत्तिमा परेका नागरिकको आवाज सुन्नु राज्यको कर्तव्य : राष्ट्रपति पौडेल | लोप हुँदै गएको बाँसको सीपलाई उद्यमसँग जोडिँदै | भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक | युएई लगातार तेस्रो जितसँगै सेमिफाइनलनजिक |

समाचार राष्ट्रिय समाचार प्रदेश २५ भाद्र २०८३, बिहीबार

वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा पहिरो र बाढीको असर

Rastriyanews

काठमाडौँ, भदौ २५ गते । लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो र बाढीको असर देखिएको छ। वर्षासँगै आएको पहिरो र बाढीका कारण कतिपय सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक आवागमन प्रभावित भएको छ। सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले प्रहरीले यात्रुलाई जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, विसापानी क्षेत्रमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

त्यस्तै, काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्पूर्ण सवारीसाधनको सञ्चालन प्रभावित भएको छ। प्रहरीले परिस्थितिको मूल्याङ्कन गरी सवारी सञ्चालन गराउने जनाएको छ।

नुवाकोटका विभिन्न स्थानमा पनि पहिरो तथा बाढीका कारण सडक आवागमन प्रभावित भएको छ। शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने जिल्लाकै अर्को एक सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–ज्वाङखोला क्षेत्रमा पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन भइरहेको छ। थाक्रे गाउँपालिका क्षेत्रमा भने त्रिभुवन राजपथ पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीको विवरणमा उल्लेख छ।

यस्तै, चितवनमा सडक मर्मत भइरहेको क्षेत्रमा पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

कर्णालीमा पनि सडक प्रभावित

कर्णाली प्रदेशमा पनि वर्षाका कारण सडक आवागमन प्रभावित भएको छ। मुगुको छायानाथ रारा नगरपालिका–४, ताल्चा क्षेत्रमा पहिरोका कारण मुगु–गमगढी सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दैलेखको दुल्लु नगरपालिका–१, भुल्केको खोला क्षेत्रमा कर्णाली राजमार्ग एकतर्फी सञ्चालन भइरहेको छ।

नेपाल प्रहरीले वर्षाका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भन्दै यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार