मुख्य समाचार
सिद्धार्थ राजमार्गमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध | रिब्दीकोटमा पहिरोले दुई घर पूर्ण क्षति, एक महिला बेपत्ता | सप्तकोशीमा पानीको बहाव बढ्यो, ३० ढोका खोलिए | कम्युनिस्ट परिवारमा हुर्किएर कांग्रेसमा निष्ठाको राजनीति: बिदुर बस्यालको दमदार उम्मेदवारी | एसियाली खेलकुदमा नेपालले अफगानिस्तानलाई हरायो | देशभरका नदीमा जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह | अर्घाखाँचीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु | जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, सबै यात्रु सुरक्षित | कांग्रेस तानसेन नगर सभापतिमा महर्जन निर्वाचित | पाल्पामा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मिति परिवर्तन |

समाचार राष्ट्रिय समाचार २५ श्रावण २०८३, सोमबार

साउनको अन्तिम सोमबार : देशभरका शिवालयमा भक्तजनको घुइँचो

Rastriyanews

हिन्दु धर्मावलम्बीका लागि विशेष मानिने साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथसहित विभिन्न शिवालयमा बिहानैदेखि पूजा, आराधना तथा जल अर्पण गर्ने श्रद्धालुको भीड देखिएको छ।

साउनमा पवित्र नदी तथा तालबाट जल ल्याएर शिवालयमा चढाउने बोलबम परम्परासमेत प्रचलित छ। विशेषगरी अन्तिम सोमबार सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने बोलबम तीर्थालुको उल्लेख्य सहभागिता हुने गर्छ।

संस्कृतिविद् गोविन्द टण्डनका अनुसार साउन महिना धार्मिक, प्राकृतिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। साउनका सोमबार भगवान् शिवको व्रत तथा पूजा गर्ने परम्परा रहेको छ। धार्मिक कथनअनुसार पार्वतीले साउन महिनामा कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेकाले हिन्दु महिलाले साउनलाई विशेष महत्व दिने गरेका छन्।

साउनका सोमबार व्रत बसेर शिवको पूजा, आराधना तथा दान गर्दा आफू, श्रीमान्, सन्तान र परिवारको कल्याण हुने धार्मिक विश्वास छ। हिन्दु परम्परामा साउने सोमबार, १६ सोमबार र सोम प्रदोष गरी तीन प्रकारका व्रतको विशेष चर्चा पाइन्छ।

आज पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको शिरेश्वरलगायत देशभरका शिवालयमा श्रद्धालुको भीड लागेको छ।

त्यस्तै चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थल देवघाटधाममा समेत पूजा तथा बोलबम मेला भर्न भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार