पाल्पा - सिद्धबाबा क्षेत्रमा माथिबाट खसेकाे ढुङ्गाले लागेर ३ जना घाइते भएका छन् । आज बेलुकी साढे ६ बजेतिर तिनाउ- ३ माथील्लो सिद्दबाबा मन्दिर (झरना) नजिकै सिद्दार्थ राजमार्गमा अचानक सडक माथिबाट ढुङ्गा खसेर २ जना घाइते भएका हुन् । पाल्पाबाट बुटवलतर्फ जादै गरेको बा २० च ३९९९ नम्बरको कारमा लागेर कारमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ । >
>
दुर्घटनामा परी कार चालक जिल्ला रुपन्देही शुद्धोधन गा. पा. २ कोलुवा बस्ने बर्ष अ.३६ को राज कुमार लोध रहनुभएको छ । यस्तै रुपन्देही बुटवल उपमहानगरपालिका ७ दिपनगर (क) लाइन बस्ने बर्ष ३७ की जुलन गैरे र बुटवल उप-महानगरपालिका जेसिज चोक बस्ने बर्ष ६२ की राधिका ढकाल रहनुभएको छ । गैरे र ढकालकाे अवस्था गम्भीर रहेको छ । लोधको भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो। घाइतेको बुटवल अस्पताल प्रालिमा उपचार भइरहेकाे छ । >
कार भने क्षतविक्षत बनेको छ ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन