२ मंसिर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी रहेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँले घटेको छ।>
मूल्य घटेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ।>
तिहारयता सुनको मूल्य प्रतितोला २३ हजार ४ सय रुपैयाँले घटिसकेको छ। तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो।>
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ११० रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर ३ हजार ३८० रुपैयाँ कायम भएको छ।>>