मुख्य समाचार
माथागढीको स्वास्थ्य सेवामा १२ वर्ष बिताएका ध्रुवबहादुर सुनारलाई सम्मानसहित बिदाइ | रेमिट्यान्स र निर्यात बढ्दा शोधनान्तर बचतमा सुधार | गुल्मीमा देवरको कुटपिटबाट भाउजूको मृत्यु, आरोपित पक्राउ | पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु | रामपुर नगरपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक पान दर्ता सेवा सुरु | तानसेन–१ मा सुविधासम्पन्न प्रशासकीय भवन उद्घाटन | नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदै | त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह, बेनीघाट क्षेत्रमा अति उच्च जोखिम | बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी बजार बगायो, जगत बजारमा पनि क्षति | चियासँगै मनका कुरा गर्दै मानसिक स्वास्थ्यबारे सचेतना |

रसुवा बाढीपछि लुम्बिनीका १२९ जना सम्पर्कविहीन

Rastriyanews

बुटवल । रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका सूचना अधिकारी एसएसपी शारदा प्रसाद चौधरीका अनुसार प्रदेशका १२ वटै जिल्लाबाट रसुवामा रहेका १२९ जना व्यक्ति परिवारको सम्पर्कमा नआएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको हो। जिल्ला–जिल्लाबाट सम्पर्कमा नआएका व्यक्तिहरूको विवरण संकलन भइरहेको छ । केही व्यक्ति भने सम्पर्कमा आइसकेका छन्,’ एसएसपी चौधरीले बताउनुभयो।रसुवामा निजी तथा सरकारी कामका साथै अन्य प्रयोजनका लागि पुगेका लुम्बिनी प्रदेशका नागरिकहरू बाढी तथा पहिरोपछि परिवारको सम्पर्कमा आउन नसकेका हुन्।

प्रहरीका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य भइरहेको छ। साथै, सम्पर्कविहीन व्यक्तिहरूको विवरण अद्यावधिक गर्ने कामसमेत जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार