पाल्पा । अविरल वर्षाका कारण आएको पहिरोबाट प्रभावित रिब्दीकोट गाउँपालिकाका विभिन्न वडामा गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिले स्थलगत निरीक्षण गरी अवरुद्ध सडक तथा बाटो खुलाउने काम गरेका छन्।>
असोज ९ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण रिब्दीकोट गाउँपालिका–५, ६, ७ र ८ का विभिन्न स्थानमा पहिरो गएको तथा जोखिम बढेको थियो।>
सोही अवस्थालाई मध्यनजर गर्दै असोज १२ गते गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीसहित सम्बन्धित वडाका जनप्रतिनिधिले प्रभावित क्षेत्रको स्थलगत अध्ययन तथा अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा बाटोमा रहेका अवरोध हटाउने कामसमेत गरिएको गाउँपालिकाले जनाएको छ।>
पहिरो तथा वर्षाका कारण उत्पन्न समस्याको समाधानमा स्थानीय नागरिकले समेत जनश्रमदानमार्फत आफ्नो टोल तथा छिमेकमा देखिएका समस्या समाधान गर्न सक्रियता देखाएकोमा अध्यक्ष कार्कीले धन्यवाद व्यक्त गर्नुभएको छ।>
स्थलगत अध्ययन तथा अवलोकनपछि असोज १३ गते गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठक बस्ने भएको छ। बैठकमा प्रभावित क्षेत्रको अवस्था, जोखिम तथा आवश्यक राहतका विषयमा छलफल र अन्तरक्रिया गरिने गाउँपालिकाले जनाएको छ।>
विपद्बाट जोखिममा परेका नागरिकलाई स्थानीय सरकारको तर्फबाट आवश्यक राहत उपलब्ध गराउने तयारी भइरहेको अध्यक्ष कार्कीले बताउनुभएको छ।>
अध्यक्ष कार्कीले विपद्को यस घडीमा गाउँपालिका नागरिकको साथमा रहेको भन्दै प्रभावित नागरिकलाई हतोत्साहित नभई धैर्य राख्न र स्थानीय सरकारसँग समन्वय गर्न आह्वान गर्नुभएको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन