मुख्य समाचार
सडकमा हात हल्लाएर सवारी नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी कार्की | गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते | रविन्द्र घिमिरे माननीय माधव थापाको स्वकीय सचिवमा नियुक्त | जनप्रतिनिधिकै नेतृत्वमा श्रमिकमाथि कुटपिट भएको भन्दै सांसद थापाको आपत्ति | कुशे औँसी : कुशको महत्त्व र पिताको महत्त्व | वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा पहिरो र बाढीको असर | नक्कली खुकुरी चुरोटसहित गुल्मीमा एक जना पक्राउ | रिब्दीकोटका महिला स्वास्थ्य स्वयंसेविकाद्वारा विपद् कोषमा ६२ हजार बढी सहयोग | माइतीघरमा महिलाद्वारा आत्मदाह प्रयास | ‘जेनजी’ सहिद दिवस आज, देशभर सार्वजनिक बिदा |

समाचार राष्ट्रिय समाचार प्रदेश २८ भाद्र २०८३, आइतबार

सडकमा हात हल्लाएर सवारी नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्छ : आईजीपी कार्की

Rastriyanews

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउँदै सडकको बीचमा उभिएर हात हल्लाउँदै सवारीसाधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले ट्राफिक प्रहरीलाई जोखिम मोलेर सडकमा उभिनुपर्ने बाध्यता हटाउन आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले एआई क्षमताका सीसीटीभीसहितका आधुनिक प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक, सुरक्षित र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो।

“सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ,” उहाँले भन्नुभयो।

आईजीपी कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन तथा समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो।

नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै उहाँले ७५३ वटै स्थानीय तहसँग समन्वयका लागि गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमार्फत पत्राचार भइरहेको बताउनुभयो।

स्थानीय तहले आवश्यकताअनुसार प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउनुका साथै प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले सवारीसाधन तथा विपद् उद्धारका सामग्री उपलब्ध गराउन, सीसीटीभी जडान तथा विस्तारमा सहयोग गर्न र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा प्रहरीसँग सहकार्य गर्न पनि स्थानीय तहलाई आग्रह गर्नुभयो।

यस्तो सहकार्यले नेपाल प्रहरी र महानगर प्रहरी सेवाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने उहाँले बताउनुभयो।

महानगरको कामको प्रशंसा

आईजीपी कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने तथा फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न काठमाडौं महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गर्नुभयो।

उहाँले विगतमा जस्तो सडकमा असरल्ल फोहोरका थुप्रा देखिने अवस्था अहिले कम भएको बताउनुभयो। यद्यपि, फोहोरमैला व्यवस्थापनमा उत्पादनस्थलदेखि अन्तिम व्यवस्थापनस्थलसम्मै चुनौती रहेकाले दीर्घकालीन र प्रभावकारी समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो।

आगामी दिनमा काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) लाई थप प्रभावकारी बनाउने अपेक्षा पनि आईजीपी कार्कीले व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार