काठमाडौं । बिहीबार सामान्य अंकले बढेर बन्द भएको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा झरेको हो।
बिहीबार नेप्से ०.२६ अंकले बढेर २ हजार ५९९.१५ विन्दुमा पुगेको थियो।>
आज कारोबार रकममा समेत कमी आएको छ। ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको छ। कुल ३५६ वटा स्क्रिप्सका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर खरिदबिक्री भएका छन्।>
कारोबारमा आएका कम्पनीमध्ये ६१ वटा स्टक्सको मूल्य बढ्दा २०७ वटाको घटेको छ भने ११ वटा स्टक्सको मूल्य स्थिर रहेको छ। म्युचुअल फन्डबाहेक अन्य सबै समूहका उपसूचक नकारात्मक देखिएका छन्।>
आज एनएमबी डिबेन्चर १०.७५ प्रतिशत–२०८९/९० को मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ। त्यस्तै, १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ को मूल्य ८.८० प्रतिशतले बढेको छ।>
सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ।>
>
कारोबार रकमका आधारमा २६ करोड रुपैयाँ बराबरको कारोबार गर्दै १०.७५ प्रतिशत एसबीएल डिबेन्चर २०८९ शीर्ष स्थानमा रहेको छ। रिलायन्स स्पिनिङ मिल्सको १५ करोड, आँखुखोला जलविद्युतको १४ करोड, घलेम्दी हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।>>