मुख्य समाचार
नेपाली बजारमा सुनको मूल्य २ लाख ५७ हजार ६०० रुपैयाँमा झर्‍यो | गुडिरहेको ईभीबाट खसेर रोल्पामा ३० वर्षीय यात्रु घाइते | ट्याङ्करबाट इन्धन चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ | तिलोत्तमाबाट ६ लाख १० हजारका मोबाइल सामग्रीसहित बोलेरो बरामद | सुनको मूल्य एकैदिन ६ हजार ३ सय रुपैयाँ घट्यो | रुपन्देहीमा अवैध पार्टपुर्जासहित २५ लाखको कार नियन्त्रणमा | सुन र चाँदी दुवैको मूल्य घट्यो | राष्ट्रिय कर दिवसमा १९ विधाका उत्कृष्ट करदाता सम्मानित, भाटभटेनीलाई विशेष सम्मान | पोखरामा राष्ट्रिय कर दिवसको अवसरमा प्रभातफेरी, साताव्यापी कार्यक्रम आयोजना गरिँदै | लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आज पहिलो क्वालिफायरमा भिड्दै, विजेताले फाइनलमा स्थान बनाउने |

ट्याङ्करबाट इन्धन चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ

Rastriyanews

रुपन्देही, । ट्याङ्करबाट इन्धन चोरी गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ परेका छन्।

तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका नेपाल आयल निगमका ट्याङ्करबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनलाई पक्राउ गरेको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले इन्धन चोरी भइरहेको अवस्थामा दुईवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार निगमका लु २ ख २६५५ र लु २ ख ३९४० नम्बरका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको अवस्थामा तिलोत्तमा नगरपालिका–७, मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाल पक्राउ परेका हुन्।

नियन्त्रणमा लिइएका ट्याङ्कर र पक्राउ परेका फुलाललाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिनुभयो।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार