३ मङ्सिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो।>
बुधबार पनि सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको थियो।>
आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम थियो।>
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो।>>