काठमाडौँ, असोज १४ गते । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३४ जना सवारीचालक कारबाहीमा परेका छन्।>
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार निगरानी तथा चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको हो।>
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६० जना, सीसीटीभीबाट पहिचान भएका ५३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने २८ जना र तीव्र गतिमा सवारी चलाउने ९३ जना रहेका छन्।>
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने पाँच, लेन उल्लङ्घन गर्ने पाँच, सवारीसाधनको अवस्था ठीक नभएका १२ तथा एकतर्फी सडकको अनुशासन पालना नगर्ने पाँच जना कारबाहीमा परेका छन्।>
अन्य विभिन्न सवारी नियम पालना नगर्ने ३७३ जनालाई जरिवानासहित कारबाही गरिएको कार्यालयले जनाएको छ।>
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गराउन नियमित चेकजाँच तथा निगरानीलाई निरन्तरता दिँदै आएको जनाएको छ। प्रहरीले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित रूपमा सवारी चलाउन आग्रह गरेको छ।>
>
सवारी नियमको पालना चालकको जिम्मेवारी मात्र नभई पैदलयात्री तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षासँग समेत प्रत्यक्ष जोडिएको विषय भएकाले नियम उल्लङ्घन नगर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन