मुख्य समाचार
विपत्तिमा परेका नागरिकको आवाज सुन्नु राज्यको कर्तव्य : राष्ट्रपति पौडेल | लोप हुँदै गएको बाँसको सीपलाई उद्यमसँग जोडिँदै | भोटेकोसी बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक | युएई लगातार तेस्रो जितसँगै सेमिफाइनलनजिक | राधिका हमाल र रामप्रसाद पाठकको आवाजमा ‘अब त लाहुरे आउँछ’ सार्वजनिक | भोटेकोशी बाढीपछि तादी खोलामा सेनाले एक्रो ब्रिज जडान गर्दै | पाल्पामा खोलाले बगाउँदा दुई युवाको मृत्यु | पाल्पामा विपद् उद्धार समिति गठन | तानसेन नगरपालिकाले नगरगान तयार गर्न आह्वान, उत्कृष्टलाई ५० हजार पुरस्कार | रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार |

लोप हुँदै गएको बाँसको सीपलाई उद्यमसँग जोडिँदै

Rastriyanews
Palpa,Tansen

पाल्पा। स्थानीयस्तरमा उपलब्ध बाँसको सदुपयोग गर्दै परम्परागत सीपलाई आयआर्जनसँग जोड्ने उद्देश्यले तिनाउ गाउँपालिका–६ कोलाङमा बाँसजन्य वस्तु उत्पादन तथा हस्तकला सामग्री बिक्री–वितरणसम्बन्धी परियोजना सुरु गरिएको छ।

सल्लेरी राजबृक्ष सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सञ्चालन हुन लागेको परियोजनाको तिनाउ गाउँपालिका–६ का वडा अध्यक्ष टोमबहादुर पुन मगरले उद्घाटन गर्नुभयो।उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष पुन मगरले स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न पालिका तहबाट आवश्यक योजना तथा सहजीकरण भइरहेको बताउनुभयो।

उहाँले पछिल्लो समय वातावरणमैत्री सामग्रीको प्रयोगप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै बाँसबाट निर्मित विभिन्न सामग्रीको मागसमेत बढिरहेको बताउनुभयो। स्थानीयस्तरमा उपलब्ध बाँसलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी उत्पादन तथा बजारीकरण गर्न सके यसले स्थानीय समुदायको आयआर्जनमा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

डिजिएम नेपाल (DGM Nepal) र आरआरएन (RRN) बाट प्राप्त अनुदान सहयोगमा सञ्चालन हुन लागेको परियोजना आदिवासी जनजाति तथा स्थानीय समुदायलाई लक्षित गरिएको कार्यक्रम संयोजक राम अस्लामी मगरले बताउनुभयो। उहाँका अनुसार परियोजनाले स्थानीय सीप तथा स्रोतलाई उद्यमसँग जोड्दै महिला, युवा तथा समुदायका लक्षित वर्गलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ।

परियोजनाअन्तर्गत बाँसजन्य वस्तु तथा हस्तकला सामग्री उत्पादनका साथै उद्यमशीलता विकाससम्बन्धी तालिम र प्रशिक्षणसमेत सञ्चालन गरिनेछ। तालिमका लागि सामाजिक अभियन्ता तथा उद्यमी बाबु रोका मगर र बुद्धिमान बुढाथोकी प्रशिक्षकका रूपमा रहने कार्यक्रम संयोजक अस्लामीले जानकारी दिनुभयो।

कार्यक्रम संयोजक अस्लामी मगरले स्थानीयस्तरमा पुस्तौँदेखि चलिआएको सीप र ज्ञान पछिल्लो समय लोप हुँदै गइरहेको भन्दै त्यसको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। युवा तथा महिलाको सक्रिय सहभागितामार्फत परम्परागत सीपलाई आधुनिक उद्यम र बजारसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो।

परियोजना सञ्चालनका लागि आवश्यक सामग्री प्राप्त भइसकेको र उत्पादन कार्य सुरु गर्न सामुदायिक वनबाट आवश्यक बाँससमेत कटान गरी तयारी गरिएको सामुदायिक वनका सचिव तारा अस्लामी मगरले जानकारी दिनुभयो।

कोलाङ मगर महिला भवनमा आयोजित कार्यक्रममा सल्लेरी राजबृक्ष सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष गोमा अस्लामी मगरले सभाध्यक्षता गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शोभा अस्लामीले गर्नुभएको थियो भने संस्थाकी सदस्य मनिषा चिदीले स्वागत मन्तव्यसहित सहजीकरण गर्नुभएको थियो।

स्थानीय स्रोतसाधनको सदुपयोग, परम्परागत सीपको संरक्षण, महिला तथा युवाको उद्यमशीलता विकास र वातावरणमैत्री उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाले कोलाङ तथा आसपासका समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार