पोखरा, ११ कात्तिक । पोखरामा स्कुटर दुर्घटना हुँदा २८ वर्षीय आशिष कुँवरको मृत्यु भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पोखरा महानगरपालिका–८, सभागृह चोकस्थित सडकमा गए राति स्कुटर दुर्घटना भएको हो ।>
चिप्लेढुङ्गाबाट सभागृह चोकतर्फ आउँदै गरेको ग. १६ प ३६१५ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार कुँवर गम्भीर घाइते भएका थिए ।>
पोखरा महानगरपालिका–६, लेकसाइडमा बस्दै आएका र अन्नपूर्ण गाउँपालिका–१, ढिकुरपोखरी घर भएका कुँवरको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।>>