मुख्य समाचार
लुम्बिनी प्रदेशका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | तिहारयता सुनचाँदी दुवैको भाउ ओरालो | आगो लगाएर गम्भीर घाइते बनाइएका चौधरीले ज्यान गुमाए | दाङमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ, पाँच लाखभन्दा बढी नगद बरामद | एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते, तीन हजारभन्दा बढी सहभागी हुने | छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास | मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना | सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते | मार्क्सवादी दर्शन: एक संक्षिप्त अध्ययन | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै |

राष्ट्रिय समाचार २९ कार्तिक २०८३, आइतबार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते, तीन हजारभन्दा बढी सहभागी हुने

Rastriyanews

काठमाडौँ, कात्तिक २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौँमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलामा देशभरबाट नेता, जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका प्रतिनिधि गरी तीन हजारभन्दा बढी सहभागी हुने एमालेले जनाएको छ।

भेलाको तयारीबारे समीक्षा गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार सचिव तथा सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले व्यवस्थापन र सहभागितासम्बन्धी तयारीको समीक्षा गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिनुभयो।

बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले स्थानीय निर्वाचनको तयारीलाई केन्द्रमा राखेर पार्टीका नेता तथा कार्यकर्तामाझ साझा सन्देश प्रवाह गर्नु भेलाको मुख्य उद्देश्य रहेको बताउनुभयो।

भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शङ्कर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार