मुख्य समाचार
तानसेन नगरपालिकाले नगरगान तयार गर्न आह्वान, उत्कृष्टलाई ५० हजार पुरस्कार | रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार | तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला | भोटेकोशी बाढीपीडितको उपचारमा सहयोग गर्न बगनासकालीमा रक्तदान कार्यक्रम | भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम, नदी किनार नजान आग्रह | रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै | आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै | विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र दैनिक खाजा खर्च बढाउने निर्णय | तीज कार्यक्रमको बजेट बाढीपीडितलाई सहयोग गर्ने रामपुर नगरपालिकाको निर्णय | राष्ट्रपति पौडेलले भोटेकोशी बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने |

रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार

Rastriyanews

पाल्पा । ‘सेवा नै धर्म हो’ भन्ने सन्देशलाई आत्मसात् गर्दै रिब्दीकोट गाउँपालिकाले सञ्चालन गरेको विपद् सहयोग अभियानमा पौरखी समूह रिब्दीकोट–६, पोरकनीले हातेमालो गरेको छ।

रिब्दीकोट गाउँपालिका–६ स्थित पौरखी समूह पोरकनीले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३० हजार रुपैयाँ सहयोग गरेको हो। समूहले उक्त रकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसाल र वरिष्ठ लेखापाल सूर्यबहादुर थापालाई हस्तान्तरण गरेको छ।

टोलका समाजसेवी इन्द्रजंग रायमाझी र किरण रायमाझीको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आह्वान गरेको विपद् सहयोग अभियानमा जोडिँदै समूहका सदस्य तथा स्थानीय कृषक इन्द्रजंग रायमाझीले विपद् जुनसुकै बेला जोकोहीमाथि पर्न सक्ने भएकाले आफ्नो सानो सहयोगले पनि विपत्तिमा परेका नेपाली नागरिकको उद्धार तथा जीवनरक्षामा योगदान पुग्ने विश्वासले सहयोग गरिएको बताउनुभयो।

“हामी गाउँमा बस्ने किसानहरूको समूह हौँ। विपत्तिको समयमा एकले अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनालाई आत्मसात् गर्दै गाउँपालिकाको अभियानमा जोडिएका हौँ,” रायमाझीले राष्ट्रिय न्युजसँग भन्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले सहयोगका लागि पौरखी समूहप्रति धन्यवाद व्यक्त गर्दै विपद्को समयमा बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्न इच्छुक सबैलाई गाउँपालिकाको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

तानसेन नगरपालिकाले नगरगान तयार गर्न आह्वान, उत्कृष्टलाई ५० हजार पुरस्कार

१६ भाद्र २०८३, मङ्गलबार

रिब्दीकोटमा पौरखी समूहको उदाहरणीय सहयोग, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० हजार

१६ भाद्र २०८३, मङ्गलबार

तिनाउ खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

१५ भाद्र २०८३, सोमबार

भोटेकोशी बाढीपीडितको उपचारमा सहयोग गर्न बगनासकालीमा रक्तदान कार्यक्रम

१५ भाद्र २०८३, सोमबार

भोटेकोशी क्षेत्रमा फेरि बाढीको जोखिम, नदी किनार नजान आग्रह

१३ भाद्र २०८३, शनिबार

रसुवाका बाढीप्रभावितलाई पाल्पाका चार स्थानीय तहद्वारा आर्थिक सहयोग घोषणा; भदौ १५ गते बगनासकालीमा रक्तदान कार्यक्रम हुँदै

१२ भाद्र २०८३, शुक्रबार

सम्बन्धित समाचार